पुनरावलोकनका लागि सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन्। उनी फैसलाको पुनरावलोकनको निवेदन लिएर अदालत पुगेका हुन्।सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ मा तत्काली नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो। प्रचण्डले सर्वोच्चको उक्त फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा गरे

सम्बन्धित सामग्री

सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ, प्रतिस्पर्धी छैनन्ः राजन दाहाल

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ दाहालले पार्टीको सर्वोच्च कमाण्डर प्रचण्ड भएको बताएका छन् । साथै, प्रचण्डको प्रतिस्पर्धी कोही पनि नभएको उनको टिप्पणी छ । केन्द्रीय समितिको बैठक स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोही अब्बल प्रतिस्पर्धी बनेर आएको दिनमा अर्को विकल्प दिन सकिने बताए । ‘सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ । […]

मुद्दैमुद्दाको घेरामा प्रधानमन्त्री प्रचण्ड (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुद्दैमुद्दाको घेरामा छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा युद्धअपराधलगायतका मुद्दा परेका छन् ।

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं, २९ पुष । आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गरान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् । यसअघि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश दिको थियो । उक्त आदेश खारेज गर्न माग गर्दै प्रचण्ड आज अदालत पुगेका हुन् । […]

यस पटक पनि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलवार जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन्। ‘पहिलोपटक पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतले पुनर्स्थापना गराएकोले अदालतप्रति विश्वास थियो,…

अहिले प्रचण्डपथ सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ: प्रधानमन्त्री

‘नेपाली कांग्रेसले अंगालेपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो कि अहिले प्रचण्ड पथ सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

पार्टी एकीकरण बदर निर्णयविरुद्ध पुनरावलोकन माग गर्दै सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध पुनरवलोकन निवेदन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च पुगेका छन्। रामशाहपथ स्थित सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर…

सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी समिति बैठक

प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। सर्वोच्च अदालतको आइतबारको फैसलापछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले स्थायी कमिटि बैठक बोलाएको हो।

संसदमा भीम रावलको टिप्पणी : अब सर्वोच्च अदालतले पार्टी निर्माण गर्ने रे!

नेकपाको प्रचण्ड र माधवकुमार नेपाल पक्षका सांसद भीम रावलले सर्वोच्च अदालतको फैसलामाथि प्रश्न गरेका छन्। सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धि मुद्दामा फैसला गर्दै पूर्व एमाले र पूर्व माओवादी ब्युताँएको छ।

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै प्रचण्ड

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्।