काठमाडौं : आज लक्ष्मी पूजा। दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चकको अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।तिथिका हिसाबले आज सोमबार कार्तिक कृष्ण चतुर्दशी। पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने विधि एकैदिन परेको जनाएको छ।पुराणमा औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ। सफासुघ्घर र उज्यालो भएका ठाउँमा