काठमाण्डाै - गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ । प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजाे नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् । नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेप...