देशकै ठूलो बैंक बन्ने बाटोमा नेपाल इन्भेष्टमेण्ट मेघा बैंक

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। दुई बैंकले ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन्। वुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे।