सिन्धुपाल्चोकबाट कोरोनाकालमै सात टन कफी निर्यात

कोभिड–१९ को संक्रमणबीच सम्पूर्ण व्यापार ठप्पप्रायः छ । जिल्लाबाट चीन जोड्ने उत्तरी तातोपानी नाका एकतर्फी मात्र खोलिएको छ । तर कोरोना कालमै पनि सिन्धु कफी सहकारी संघबाट वार्षिक सात टन अर्गानिक कफी विदेश निर्यात रोकिएको छैन । कृषि क्षेत्रमा विकसित मानिएका देश जापान, अस्ट्रेलियादेखि कोरियासम्म अर्गानिक कफी कोभिडअघिझैं हवाई र जलमार्गबाट निर्यात गरिरहेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु खड्का (मन्दु) ले जानकारी दिइन् । ‘कोभिड र कफीमा रोग लाग्ने समस्याले केही उत्पादनमा कमी ल्यायो । कृषक केही निरुत्...