इन्द्रसरोवरमा सुमो दुर्घटना, एकको मृत्यु, ७ घाइते

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ७ जना घाइते भएका छन्।वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ४४६६ नम्वरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य ७ जना घाइते भएका छन्। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी बामदेव गौत्तमले जानकारी दिए। अन्य २ जना सकुशल रहेका छन्।प्रहरी मतगणनास्थलमा रहेकोले स्थानीयहरुले घाइतेहरुको उद्वार गरिरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। फ

सम्बन्धित सामग्री

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं–कुलेखानी सडकखण्डमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुर हुँदै वीरगंजबाट

ओखलढुंगाको तेरीभन्ज्याङमा सुमो दुर्घटना : एकको मृत्यु, नौ घाइते

ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।

ओखलढुङ्गामा सुमो दुर्घटना : एकको मृत्यु, नौ घाइते

ओखलढुङ्गा । यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

सुमो हिउँमा चिप्लिँदा एकको मृत्यु

हिउँमा चिप्लिएर सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–९, गोलमोडमा भएको दुर्घटनामा गम्भीर घाइते पाँचमध्ये एक जनाको मृत्यु भएको हो ।

यात्रुबाहक सुमो दुर्घटना, एकको मृत्यु ४ घाइते

मकवानपुरको सिमभञ्ज्याङमा  शनिबार  बेलुका यात्रुबाहक सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अरू चार जना घाइते भएका छन्।