अमेरिकी सभामुखकाे ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध

चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेका चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति विरोध व्यक्त गरेको छ । चीनले राजदूतमार्फत आधिकारिक रूपमा विरोध व्यक्त गरेको हो । चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको र चीन मौन नबस्ने भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । चीनले पलोसीको भ्रमणविरुद्ध यसअघि पनि बारम्बार चेतावनी दिँदै आएको छ । यसैबीच ताइवान भ्रमणमा रहेकी पलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता गर्नु...