३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु

काठमाण्डाै – झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अनौपचारिकरूपमा हिजो मङ्गलवारदेखि नै सामान निर्यात सुरु भए पनि आज बुधवार औपचारिक कार्यक्रम नै गरेर सामान निर्यात सुरु भएको नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।नेपाली सामानले भरिएका छ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले उल्लेख गरेको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको ल्हासाका महावाणि...

सम्बन्धित सामग्री

नयाँ सरकार गठनलगत्तै चीनले खुलायो रसुवागढी नाका

काठमाडौं। नयाँ सरकार गठनलगत्तै रसुवागढी–केरुङ नाका दुईतर्फी रुपमा सुचारु भएको छ। कोरोना महामारीलाई देखाएर लामो सयमदेखि बन्द रहेको नाका बुधबरबाट दुईतर्फी सूचारु भएको हो। झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको हो। भन्सार विभागका अनुसार तातोपानी नाकाबाट समेत वस्तु निर्यात गर्ने तयारी छ। २०७६ माघ १४ गते चीनले स्थालमार्गबाट वस्तु आयात निर्यात बन्द गरेको थियो।

केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो ।