EXCLUSIVE : देउवाले ज्योतिषीसँग परामर्श गरेपछि तय भयो वैशाख ३० को चुनाव मिति !

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ । प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले लोकान्तर डट्कमसँगको कुराकानीमा वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।  ‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, रिजालले लोकान्तरसँग भने, ‘वैशाख ३० गते शुक्रबार हो र अमृत योग पनि परेको छ । अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ । त्यसैले वैशाख ३० को मिति...