क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जना पक्राउ

काठमाडौँ– नेपालमा अवैध मानिएको क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी रहेको प्रहरीले जनाएको छ। अधिकारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले माघ १६ गते न्युरोडबाट नियन्त्रणमा लिएको हो। अधिकारीको मोबाइलबाट पछिल्लो केही महिनायता अस्वाभाविक रूपमा कारोबार भएको पाइएपछि महानगरीय प्रहरीले अनुसन्धान […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।