रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको १२ औं बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । छलफलपश्चात नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो । मुख्यमन्त्री जोखबहादुर महराले बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ३९ को […]
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधनलगायत सुविधा बढाउन नियमावली नै संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो। नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ। मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुसीराम डङ्गौरा थारू, प्रकाश रावल, खेमादेवी विष्ट र डा. ताराप्रसाद जोशी रहनुभएको छ।
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्य सहित प्रस्ताव पेस गरेका […]
The post गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....