काठमाडौं : मोरङ–३ अन्तर्गत प्रदेशसभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भए पनि यहाँको निर्वाचन स्थगित नहुने भएको छ। मोरङ–३ अन्तर्गत प्रदेशसभा (१) मा मनोनयन प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरेको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले नयाँ उम्मेदवारको मनोनयन, दाबीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका