महाभारतमा हरेक व्यक्ति आफ्नो भूमिकामा महत्वपूर्ण छन् । हरेकसँग केही न केही अद्भुत शक्ति थियो । केहीले त्यस्तो शक्तिलाई प्रयोग गरे भने केहीले आफूसँग भएको शक्ति नै थाहा पाएनन् । केहीले हारे र केहीले जिते । युद्धमा मारिएकाहरु पनि एक रातका लागि जीवित भएका थिए र सबै योद्धा कलियुगमा कुनै न कुनै रुपमा फेरि जन्मिएका छन् भन्ने पुराणहरुमा उल्लेख गरिएको छ ।
अवतार– भगवान श्रीकृष्ण विष्णुको अवतार थिए भने बलराम शेषनागको अंश थिए । आठ वसुमध्येका एक द्यु नामका वसुले भीष्मको रुपमा जन्म लिएका थिए । देवगुरु बृहस्पति ले द्रोणा...