नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, ३ अर्ब २ करोड बराबरको शेयर खरीदविक्री

फागुन ४, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १९ दशमलव ८४ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २७३४ दशमलव ४४ विन्दुमा झरेको हो ।  यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर ३९ हजार ६६८ पटकमा रू. ३ अर्ब २ करोड  ६३ लाख ३० हजार ७८४ दशमलव १४  मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ४४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३५५ पुगेको छ । त्यसैगरी, दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ३ दशमलव २३ प्रतिशत वृद्धि भएर रू. ६४० पुगेको छ  ।  बुधवार सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ६९ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । शेयरमूल्य घट्ने दोस्रोमा मैलुङखोला जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ५ प्रतिशत घटेर रू. ५७० मा झरेको छ ।  त्यसैगरी, बुधवार सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ  । कम्पनीको रू. २१ करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२३ कायम भएको छ । त्यसैगरी, दोस्रोमा नेशनल हाइड्रोपावर कम्पनीको रू. १७ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक शून्य दशलमव ४४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशलमव १४ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ३ प्रतिशत, व्यापार समूहको १ दशमलव ४७ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव शून्य ८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ८४ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव १८ प्रतिशत, वित्त समूहको १ दशमलव ८१ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३६ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ७७ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ४५ प्रतिशत लगानी समूहको परिसूचक १ दशमलव ६८ प्रतिशतका दरले घटेको हो ।  बुधवार राजनीतिक प्रभावले पनि शेयर बजारलाई असर पारेको जस्तो देखिएको छ । सोही कारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । तर यस्तो प्रभाव भने अल्पकालिन रुपमा मात्र देखिने लगानीकर्ताहरु बताउँछन् ।  केहि दिनयता एमसीसी परियोजनाको कारण नेपालको राजनीति अस्थिर बनेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच शेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । 

सम्बन्धित सामग्री

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि घटेर तीन अर्ब भन्दा तल

काठमाण्डौ – शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ । आज फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय ५४ वटा कम्पनीका ७७ लाख ६४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै समृद्धी फाइनान्सको नौ करोड ७० लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । समृद्धी फाइनान्सको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि लुम्बिन...

आज शेयर बजारसँगै कारोबार रकम पनि घट्यो

आज शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८१ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको […]

आज पनि घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

शेयर बजार आज पनि घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । लगातार तेस्रो दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ । आज दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक […]

शेयर बजार सामान्य घट्याे, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।  आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।   आज कालिका लघ...

नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम […]

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब

शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।   बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले क...

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, कारोबार रकम पनि घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम […]

शेयर बजारमा हरियाली, कारोबार रकम भने बढेन !

निरन्तर घटिरहेको शेयर बजारमा मंगलवार भने हरियाली छाएको छ । नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने बढेन । यस दिन नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । यस दिन कुल २२३ कम्पनीको २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। मंगलवार ब्यापारबाहेक सबै उपसमूह बढेको छ। यस दिन सर्वाधिक जीवन बीमा ३०७ अंकले बढेको छ। बाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ। बढेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पा...

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।...