गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा बुधवार मत विभाजनको तयारी भएको छ ।
बुधवार दिउसो बसेको बैठकमा विभिन्न दलका सांसदहरुले छलफलमा भाग लिएका छन् ।
छलफल सकिएपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र अन्तिममा मत विभाजनमा लैजाने तयारी छ । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभाको बैठक साढे ४ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रदेश सभाको बुधवारको बैठकमा जनमोर्चाका एक सांसद र स्वतन्त्र सांसद दीपक मनाङे उपस्थित छैनन् । जनमोर्चाका सांसद उपस्थित नभएमा अविश्वासको प्रस्ताव ...