हुम्ला फुटवल ऐकेडेमीलाई खेलकुद सामाग्री सहित नगद सहयोग प्राप्त भएको छ । हिमाली जिल्ला हुम्लाको खेलकुद क्षेत्रको विकासका लागि काठमाडौंको कैलाश ट्रिपका सबिन घिमिरे र अर्का काठमाडौं निवासी कृष्ण श्रेष्ठले...
२४ माघ, काठमाडौं । जापानले नेपाल जुडो संघलाई खेल सामाग्री सहयोग गरेको छ । बुधबार काठमाडौंस्थित जापानी दुतावासमा आयोजित एकक र्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० थान जुडो पोसाक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य र पदाधिकारीहरुको उपस्थिति थियो । यस्तै २००८ को ओलम्पिकमा […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू११, यू१३ र यु१५ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर […]
सिमकोट – काठमाडौँको तारकेश्वर नगरपालिका–४ का रमेश महर्जनले ग्रासरुट फुटबल प्रशिक्षण लिइरहेका हुम्लाका फुटबल खेलाडीलाई खेल सामाग्री सहयोग गरेका छन्। उनी आफै हुम्ला आएर खेल सामाग्री प्रदान गरेका हुन्। उनले २१ जना खेलाडीलाई फुटबल जर्सी, १७ वटा फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चार वटा पोल प्रदान गरेका हुन्। उनले धुलाम्मे मेदानमा खेलाडीहरु […]
सिमकोट – हाल जिल्लामा सञ्चालन भइरहेको ग्रासरुट फुटबल प्रशिक्षण गरिरहेका खेलाडीका लागि फुटबल खेल सामाग्री सहयोग प्राप्त भएको छ। गोल नेपाल डटकमले ती सामाग्री सहयोग गरेको हो। हुम्ला फुटबल एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक विष्णुबहादुर रावतले गोल नेपालबाट प्राप्त फुटबल सामाग्री जिल्ला आइपुगेको जानकारी दिए। प्राप्त भएका फुटबल खेल सामाग्रीहरुमा सिमप्याट ३१ वटा, जर्सी २२ वटा, […]
‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोसाक र खेल सामाग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पियन दिपक विष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धनगढी निवासी ओलम्पियन विष्टले आफ्नै गृहक्षेत्रमा भइरहेको अवार्डसँग जोडिएको बताए । उनले अवार्डलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तेस्
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले च्यासल तेक्वान्दो डोजाङलाई खेल सामाग्री सहयोग गरेको छ । आईओएफटीसी टिम नेपाल मार्फत करिब १ लाख रुपैयाँ बराबरको म्याट च्यासललाई प्रदान गरिएको हो । टिम नेपालले च्यासलका डोजाङ प्रमुख रामचन्द्र ब्यञ्जनकारलाई सोमबार एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ । आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ […]
अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल सामग्री प्रदान गरेको छ ।आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करिब दुई लाख रुपियाँ रहेको जानकारी दिए । यसैगरी, आइओएफटिसीले म्युजिक हाउस, कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाक