नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन्। पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो। हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नेछन्। सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ ।