काठमाडौं : प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेदवारी परेको छ। महानगर प्रमुखमा ५६ जना र उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । ५६ जना प्रमुखका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र रुपमा मनोनयन गराएका छन्। ५६ जनामध्ये ८ जना महिला छन्। उपप्रमुख पदमा उम्मेदवारी दिने ३३ जनामध्ये १४ जनाले दलका तर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गएका छन्।३१ जना उपप्रमुखका उम्मेदवारमध्ये १३ जना महिला छन्।