बिटक्वाइन अमेरिकी डलरको मूल्यलाई असर गर्ने एक ‘घोटाला’ भएको ट्रम्पको तर्क

एजेन्सी। पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइन अमेरिकी डलरको मूल्यलाई असर गर्ने एक ‘घोटाला’ भएको बताएका छन्। उनले हालै अमेरिकी टिभी फक्सन्यूजलाई अन्र्तवार्ता दिँदै बिटक्वाइनलाई आफूले घोटाला जस्तै लिएको र यसले अमेरिकी डलरसँग प्रतिस्पर्धा गर्ने भएकाले आफूलाई मन नपर्ने बताएका हुन्। अन्र्तवार्तामा ट्रम्पले डलरलाई ‘विश्वको मुद्रा’ बनाउन चाहेको पनि बताए। हाल विश्वबजारमा बिटक्वाइनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ।