काठमाडौंं । आन्तरिक विवाद उत्कर्षमा पुगेर फुटको औपचारिक प्रक्रियामा रहेका बेला नेकपा मिलाउन चीनको सक्रियता जारी रहेको छ । चीनबाट कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौंको टोली नेपाल आएर फर्किए पनि अर्को टोली नेपालमै रहेको सुरक्षा स्रोत बताउँछ । आफ्नै पहलमा एकजुट भएको नेकपालाई एक बनाइ राख्न चीन सरकनरको प्रतिनिधिको रुपमा रहेको नेपालस्थित चिनियाँ राजदुतावास पनि त्यतिकै सक्रिय रहेको छ ।