रुकुम पूर्व : रुकुम पश्चिममा कोेरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा उपचारका लागि भर्ना भएका ६० वर्षीय पुरुषको बिहीबार राति साढे १२ बजे मृत्यु भएको हो। ती पुरुषलाई बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको थियो। उनलाई केही दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो। समस्या बढ्दै गएपछि अस्पताल ल्याइएको थियो। जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।ती पुरुषसँगै पछिल्लो कोरोना महामार