फागुन २, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टा १० मिनेटको अवधिमा कारोबारमा आएका २१३ ओटा धितोपत्रमध्ये नेशनल हाइड्रोपावर कम्पनीको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. ३४ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३० मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ६ प्रतिशत वृद्धि भएको हो । कम्पनीले बोनस र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण परेको हो ।
कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।