गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । प्राधिकरणले बिहीबार एक विज्ञप्ति जारी गरी सो निर्णय भएको जानकारी दिएको हो ।प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०७८ को परिच्छेद २ को नियम ७ बमोजिम गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरूलाई अर्को निर्णय नहुँदासम्म ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था बिहीबारदेखि लागू हुने जनाएको छ ।