काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप लगाएका छन्।
प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किएका ओलीले अदालतले प्रधानमन्त्री छानेर जात्रा देखाएको टिप्पणी गरे।
बालकोट निवासमा पुगेपछि बार्दलीबाट सम्बोधन गर्दै ओलीले भने, 'जनताको अधिकार खोसिएको छ। अदालतबाट प्रधानमन्त्री छान्ने जात्रा देखाइएको…