काठमाडौँ । नेपाल विद्यार्थी संघले बलात्कार सम्बन्धी अपराधमा जाहेरीकालागि हद म्यादको व्यवस्था संशोधन गर्न माग गरेको छ । नेविसंघले आज (आइतबार) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । एक वर्षे हद म्यादका कारण बलात्कारबाट पीडित महिलाहरूलाई न्याय पाउनबाट वञ्चित हुनुपरेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन […]