जोरपाटी–सुन्दरीजल सडक : समयमै स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक स्तरोन्नतिको काम शुरू भएको ६ वर्षमा पनि पूरा नहुँदा स्थानीयवासी एवं यात्रु मारमा परेका छन् । आर्थिक वर्ष २०७५÷२०७६ मा सक्नेगरी २०७२ सालमै ठेक्का भएको सात किमी यो सडक अझै सम्पन्न हुन सकेकोछैन । शुरूमा सडकको दाँया–बाँया घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भन्दै विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दाँया–बाँया ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।      सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दाँया–बाँया सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । यो सहमति भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम नसक्दा हिउँदमा धूलो र वर्षामा हिलोले स्थानीयवासी समस्यामा परेका हुन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका लक्ष्मण खतिवडा २०५६ सालदेखि नै जीर्ण रहेको सडक विस्तार गरेर बनाउन शुरू भएको ६ वर्ष पूरा हुँदा पनि काम नसकिँदा समस्या भएको बताउँछन् । विभिन्न दलका नेताले सडक बनाउँछु भन्दै भाषण गर्ने गरे पनि काम भने नभएको उनको गुनासो छ । सडक किनारमा भएका घरमा बस्न नसक्ने भएपछि दैनिक दुई घण्टा पानी हाल्नु खतिवडाजस्ता सयौंको दिनचर्या भएको छ ।       निर्माण व्यवसायीले सडक निर्माण जिम्मा लिने बेलामा गरिने सम्झौतामा वातावरणीय क्षति नगरी काम गर्ने उल्लेख भए पनि कार्यान्वयन हुँदैन । सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाजस्ता सरोकारका निकायले पनि यसमा ध्यान दिएका छैनन् । धूलोले घरमै बस्न नसक्ने भएपछि खतिवडामात्र होइन, सडक किनारका दर्जनौं स्थानमा स्थानीयवासी पानी हालिरहेका भेटिन्छन् । नगरपालिकाको वडा नं २ नयाँपाटीमा क्लिनिकसहित सामुदायिक स्वास्थ्य केन्द्र चलाइरहेका डा. रोशन पोखरेल सडकमा उड्ने धूलोकै कारण दैनिक दर्जनौं व्यक्ति घाँटी दुख्ने, घाँटी खसखसाउने समस्या लिएर आउने गरेको सुनाउँछन् । धूलोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भए पनि समस्या समाधानमा कसैले चासो दिएका छैनन् ।      सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डे भने केही स्थानीयवासीले पानी हाल्न नदिएको दाबी गर्छन् । पानी हाले काम गर्न दिँदैनौं भनी केही मानिसले भन्दा समस्या हुने गरेको उनको भनाइ छ । यसअघि विस्तार आयोजना प्रमुख भएर काम गरिसकेका विभागका सूचना अधिकारी गुरुप्रसाद अधिकारी भने कति आयोजनाको सम्झौतामै पानी हाल्ने व्यवस्था उल्लेख गरिएको हुने र कतिमा भने सहमतिका आधारमा काम गर्ने गरिएको बताउँछन् । संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हकको व्यवस्था गरिएकाले वातावरण नबिगारी विकास निर्माणका काम गरिनुपर्ने उनको भनाइ छ । धूलोको समस्या ६ वर्षअघि नै ठेक्का भएर अलपत्र रहेको जोरपाटी–साँखु सडकमा पनि छ । यो सडकमा पनि निर्माण व्यवसायीले पानी नहाल्दा स्थानीयवासीको स्वास्थ्यमा समस्या भएको छ । रासस

सम्बन्धित सामग्री

अन्तिम चरणमा जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना

विभिन्न अवरोधका कारण लामो समयसम्म सम्पन्न हुन नसकेको जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना अन्तिम चरणमा पुगेको छ । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०/६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले …

जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सकिँदै

काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना  सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको

जोरपाटी-सुन्दरीजल सडक विस्तार : कहिले स्थानीय खुसी, कहिले दुःखी

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले गत कात्तिक २२ गते जोरपाटी–सुन्दरीजल सडक २७ र २८ गते पिच गर्ने भन्दै त्यहाँ कसैलाई पानी नहाल्न अनुरोध गर्‍याे। यही सूचनाले वर्षौंदेखि अलपत्र सडक पिच हुने भनी स्थानीय हर्षित भए। नभन्दै सोही दिन उक्त सडक खण्डअन्तर्गत जोरपाटी सानो बजारदेखि भेनस स्कुल अगाडिसम्मको करिब चार सय मिटर सडक पिच भयो।तर त्यो स्कुलअगाडिबाट गोकर्णतर्फको सडक पिच भएन। बरु पाँच दिनसम्म अलकत्रा हालेर सडक बन्द गरियो। सवारीसाधन हिँड्न दिइएन। यसले गर्दा सवारीसाधन चालक अहिले दुःख ख

वर्षौंदेखि अलपत्र जोरपाटी-सुन्दरीजल सडक पिच गरिँदै

काठमाडौं : वर्षौंदेखि अलपत्र जोरपाटी-सुन्दरीजल सडक कात्तिक २७ र २८ गते पिच हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गर्दै सडक पिच गर्ने जनाएको हो।नगरपालिकाले सडक पिच गर्ने भएकाले सडकमा पानी नहाल्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ। ‘सडकलाई बलियो र मजबुत बनाउन एक हप्ता सडक सुक्खा राख्नुपर्छ’‚ नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले भने, ‘त्यसैले पानी नहाल्न भनेका छौँ। यही २७ गतेदेखि कालोपत्रे हुन्छ।’उक्त सडक खण्डको ७ किलोमिटर निर्माणका लाग

जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग, ५ वर्षमा सात किलो मिटर पनि बनेन्

काठमाडौं, ७ असोज । जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हाल सम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौ सडक विस्तार आयोजनाद्धारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुदा स्थानियबासीले सास्ती बेहोर्नु परेको छ । पाँच वर्ष सम्म […]

कालोपत्रे नगरेको विरोधमा स्थानीयद्वारा जोरपाटी-सुन्दरीजल सडक अवरुद्ध

काठमाडौं :  जोरपाटी-सुन्दरीजल सडक समयमै कालोपत्रे नभएको भन्दै यहाँका स्थानीयले गोकर्ण भैरव चौरमा सडक अवरुद्ध गरेका छन्। उनीहरुले आज बिहान ८ बजेदेखि नै सडक बन्द गरेका हुन्।बाटोमा बाँस,काठहरू राखेर सडक अवरुछ गरिएको हुनाले जोरपाटीबाट सुन्दरीजल जाने सवारीसाधनहरु चल्‍न सकेका छैनन्। त्यस्तै, सुन्दरीजलबाट जोरपाटी,चावहिल जाने सवारीसाधन पनि छिर्न सकेका छैनन्।यहाँको सडक समयमै कालोपत्रे नहुँदा धुलो र धुवाँका कारण यहाँका स्थानीयले सास्ती व्यहोर्दै आएका छन्।'वर्षौंदेखि कालोपत्रे नभएको र पानी समे

बेहाल जोरपाटी–सुन्दरीजल सडक

काठमाडौं : जोरपाटी–सुन्दरीजल सडक वर्षौ वर्षदेखि बेहाल अवस्थामा छ। अहिले पानी जमेर पोखरी बनेका छन। कुनै ठाउँमा ठूलठूला खाल्डा छन्। कुनै सरोकारवाला निकायले ग्राभेल पनि गर्न सकेका छैनन्। ७ किलोमिटरसडक निर्माणका लागि आशीष‍-सिएम जेभीसँग २०७३ सालमै २०७५ साल असोज महिनामा सक्ने गरी करिब ५४ करोडमा ठेक्का...

जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरू

कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ ।

चावहिल–दक्षिणढोका र जोरपाटी–सुन्दरीजल सडक मर्मत हुने - Naya Patrika

गोकर्णेश्वर नगरपालिकाले चावहिल–दक्षिणढोका तथा जोरपाटी–सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ । चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी–सुन्दरीजल सडक र चावहिल–दक्षिणढोका–साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले बाटो बिग्रिएका...पूरा पढ्नुहोस् »