‘निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छ’

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा हुने निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताएकी छन्। नागरिक समाजका अगुवाहरूलाई सम्बोधनका क्रममा आज (सोमबार) उनले यसपटकको निर्वाचन असफल भए मुलुक राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने उल्लेख गरिन्। “नागरिक समाजका नेताहरूका रूपमा तपाईंहरूले सरकार तथा दलहरूबीच विश्वासको वातावरण बनाउन र आमजनतालाई निर्वाचनमा […]