प्रहरी प्रभाग बुङ्गमतीको भवन हस्तान्तरण

पाटन– गत भदौ २४ गतेको जेन-जी आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ । स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो । पुनःनिर्माण समिति संयोजक महतका अनुसार […]