पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

गण्डकी– यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको संख्या झण्डै नौ हजार पुगेकोमा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गु […]