कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय सिरहाले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कल्याणपुर नगरपालिका-१२ निवासी ९ वर्षीय अजित मुखियाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा फरार रहेका ४५ वर्षीय ज्ञानचन मुखियालाई पक्राउ गरिएको हो। उक्त घटनामा बालक हराएको भोलिपल्ट कल्याणपुर-१२ स्थित पोखरीमा मृत अवस्थामा फेला परेका थिए। घटनापछि ज्ञानचन मुखियासहित चार […]