बालसूत्र आवश्यक अवस्थामा प्रयोग हुने विकल्प हो, तर यसको सम्बन्ध शिशुको सबैभन्दा संवेदनशील विकास चरणसँग जोडिएको छ। नेपालको नीति बहस अब “बालसूत्र खाद्य हो कि औषधि?” मा मात्र सीमित हुनु हुँदैन। वास्तविक प्रश्न हो -आमाको दूधलाई प्राथमिकता दिने सार्वजनिक स्वास्थ्य नीति र खुला बजारबीच राज्यले कसरी सन्तुलन कायम गर्छ? कानुन स्पष्ट छ, भने अबको चुनौती यसको उद्देश्य अनुसार प्रभावकारी नियमन सुनिश्चित गर्नु हो।