भारतबाट सामान ल्याउँदा भन्सार शुल्क लिने निर्णयप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार शुल्क लिने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस्तो निर्णयलाई जनविरोधी, अव्यवहारिक र असंवेदनशील भएको भन्दै आलोचना गरिएको छ। उनले वर्तमान आर्थिक संकटका बीच यो निर्णयले नागरिकको आर्थिक बोझ अझ बढाउने बताएका छन्। कांग्रेसले सानो मूल्यका सामानमै […]