लिनिङ बास्केटबलको उपाधि आर्मी क्लबलाई

काठमाडौँ। त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित गरेको हो। हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) को छनोटका रुपमा रहेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगिताबाट ४ टोली लिगका छनोट हुने प्रावधान थियो। […]