कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्त कमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् । नौखरी मुक्त कमैया बस्तीकी फुलमती चौधरीलाई विगतमा जस्तो बिहानै खाना बोकेर मजदुरी खोज्दै आजभोलि हिँड्नुपरेको छैन । गाउँका अगुवा महिलाले स्थापना गरेको नौखरी कृषि […]