काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गरिएको छ। इजलसामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्। जेन-जी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध १६ वटा रिट निवेदनहरू परेका छन्। अधिवक्ता प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता किर्तीनाथ […]