गरुडा एक पसलमा आगलागी, करिब ४० लाख बराबरको कपडा नष्ट

रौतहट । रौतहटको गरुडा नगरपालिका–८ बिर्ता बजारस्थित एक कपडा पसलमा सोमबार राति आग लागि अनुमानित ४० लाखको क्षति भएको छ। बिगन साह ले सञ्चालन गरेको कपडा पसलमा विद्युत सल्ट भई आगलागी भएको जनाइएको छ। स्थानीयका अनुसार राति करिब १० बजे विद्युत सर्ट भएर लागेको आगो फैलिँदै जाँदा सम्पूर्ण कपडा लगायतका सामग्री जलेर नष्ट भएको छ। […]