ई–जीपी प्रणालीमा समस्या, सरकारी ठेक्का फेरि हार्डकपीमा

काठमाडौं ।  सरकारी सेवा विद्युतीकरणलाई प्राथमिकता दिइरहेको सरकारले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा देखिएको सुरक्षा जोखिमका कारण ठेक्का प्रक्रिया पुनः कागजी प्रणालीमा फर्काउनुपरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले गत ११ भदौदेखि ई–जीपी प्रणालीको प्रयोग स्थगित गर्दै मर्मत तथा सुधारको काम भइरहेको जनाएको थियो। तर, १८ दिन बितिसक्दा पनि प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। […]