डिपोर्टेसन उडानबाटै फर्काइयो अमेरिकी सैनिककी पत्नी, महिना दिनपछि भयो परिवारसँग पुनर्मिलन

एक महिनाभन्दा बढी समयदेखि अमेरिकी सङ्घीय अध्यागमन नियन्त्रणमा रहेकी एक अमेरिकी सैनिककी पत्नीले आफूलाई ब्राजिलतर्फ उडिरहेको डिपोर्टेसन विमानबाटै फर्काइएको र हाल घर पुगेको बताएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था ‘द एसोसिएटेड प्रेस’ले यसै महिनाको सुरुमा माइसा लोपेस एलियासरको मुद्दा सार्वजनिक गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘मास डिपोर्टेसन’  अभियान अन्तर्गत सैनिक परिवारहरूलाई दिइँदै आएको कानुनी […]