अमेरिकामा नेपाली विद्यार्थी संख्या घट्यो, एक महिनामै ७१७ ले कमी

अमेरिकी सरकारको सेभिस तथ्यांकअनुसार अमेरिकामा अध्ययनरत सक्रिय नेपाली विद्यार्थीहरूको संख्यामा डिसेम्बर २०२५ को तुलनामा जनवरी २०२६ मा उल्लेखनीय कमी आएको देखिएको छ। डिसेम्बरमा ३४,४५२ रहेको यो संख्या जनवरीमा घटेर ३३,७३५ मा झरेको छ। यससँगै एक महिनाको अवधिमा अमेरिकाका शिक्षण संस्थाहरूमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ७१७ ले घटेको छ। लैङ्गिक आधारमा हेर्दा पुरुष विद्यार्थीहरूको संख्या १९,१९३ […]