भक्तपुरमा इन्द्रजात्रा : आज साँझ सिद्ध पोखरीमा दीपावली हुने

भक्तपुर- भक्तपुरको सबैभन्दा ठूलो सिद्ध पोखरीमा शुक्रबार साँझ दीपावली हुँंदैछ । पोखरीमा भोलि शनिबार मेला लाग्नेछ । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित सिद्ध पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्दछ । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरूबाट हजारौँ श्रद्धालु पोखरीमा पुग्ने गर्दछन् । स्थानीयको अगुवाइमा साँझ दीपावली गरिने चलन छ […]