नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको पक्षमा पहल लिन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । सो नेपाली भूमि समावेश गरेर नेपालको चुच्चे नक्सा जारी गर्ने काम आफू नेतृत्वको सरकारले गरेकाले सरकारले सो भूमि फिर्ता गर्ने विषयमा ध्यान नदिएको उहाँको टिप्पणी छ ।
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आज समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव ल्याएकाले त्यसबाट राजनीतिक अन्योल बढ्ने टिप्पणी गरेका छन् । गतवर्ष आफूले ताजा जनादेशका लागि प्रस्ताव गर्दा सडकमा प्रदर्शन […]