मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला : गर्भपतन अपराध नभएको ठहर

काठमाण्डाै – मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन अपराध नभएको ठहर गरेको छ । गर्भपतनबारे ऐतिहासिक फैसला गरी अदालतले गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको उल्लेख गरेको छ । उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हाे । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यो कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् । सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनला...

सम्बन्धित सामग्री

गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौं महिलाको प्रदर्शन

अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन । गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’

टेक्सासमा गर्भपतनबारे कडा कानून लागु, डेढमहिनाभन्दा बढीको गर्भपतन गर्न नपाइने

अमेरिकाको टेक्सासमा गर्भपतनबारेको अहिलेसम्मकै सबैभन्दा कडा कानून लागु भएको छ । कानूनी लडाईमा सर्वोच्च अदालत र पुनरावेदन अदालतले समेत यो कानून कार्यान्वयनमा रोक नलगाएपछि बुधबारबाट विवादास्पद कानून लागु भएको हो । यो कानून अनुशार अधिकांश मामलामा ६ साताभन्दा बढीको गर्भपतन गर्न नपाइने भएको छ । अधिकांशले यो अवधिमा गर्भ रहेको समेत थाहा नपाउने भएकाले यो […]