टर्कीको जंगलमा भीषण आगलागी, सयौं पर्यटकको उद्धार

१७ साउन, काठमाडौं । टर्कीको दक्षिण–पश्चिम समुद्री किनारासँग जोडिएको जंगलमा भीषण आगलागी भएको छ । आगलागी फैलिँदै गएका कारण सो क्षेत्रको होटल तथा घरमा बसेका सयौं पर्यटकको उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार पर्यटकको उद्धारको लागि टर्कीले जहाज, निजी डुङ्गाजस्ता साधनको प्रयोग गरेको छ । बोडरम सहरमा तीन र पाँचतारे होटल […]