कर्मचारी सञ्चय कोषसँग कति सम्पत्ति छ ?

काठमाडौं। कर्मचारी सञ्चय कोषको सम्पत्ति ४ खर्व ५९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। कोषबाट प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ३.७ प्रतिशतले वृद्धि भई २०७९ असार मसान्तसम्म कोषको सम्पत्ति त्यति पुगेको हो। अघिल्लो वर्ष उक्त रकम १५.३ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ४ खर्व ४२ अर्ब ८४ करोड रहेको थियो।

सम्बन्धित सामग्री

विद्युत प्राधिकरण र सञ्चय कोष सहित १७ संस्थालाई १० दिन भित्र कर तिर्न आग्रह

विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ । कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचारसहित आज अनुरोध गरेको हो । कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरे पनि उनीहरूले बेवास्ता गर्दै आएका थिए । यसरी कर नतिर्ने संस्थाहरुमा खाद्य संस्थान, हाईट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहीटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क, नेशनल ट्रेडिङ लिमिटेड सिंहदबार, नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनोमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल स्वयम्भू, आर बि कम्प्लेक्स न्युरोड, काठमाडौँ प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज सामाखुसी काठमाडौँ गरी १७ रहेका छन् । यसरी कामपाले गरेको पत्राचारको बेवास्ता गरे राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने पत्रमा उल्लेख गरिएको छ । कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीका अनुसार यसरी असुल उपर हुनुपर्ने रकम करिब रु ५० करोड रहेको छ । विगतका वर्षहरूमा झैँ यस पटक पनि आनाकानी गरे कामपा थप कारबाही गर्न बाध्य हुने बताइएको छ ।

कर उठाउन महानगर भयो सक्रिय, यी १७ निकायलाई पठाइयो पत्र

काठमाडौं । काठमाडौं महानगरपालिका सम्पत्ति कर उठान सक्रिय देखिएको छ । अहिले महानगरले खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल लगायतसँग कर बुझाउन पत्राचार गरेको हो । यस्तै महानगरले ह्वाईड फिल स्कुल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, […]

वायुसेवा निगमलाई ऋणको गलपासो: जहाज बेचेर तिर्ने कि सम्पत्ति !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जहाज किन्न लिएको ऋण ३३ महिनादेखि तिर्न सकेको छैन ।  निगमले ऋणदाता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई हरेक तीन महिनामा तिर्नुपर्ने ११ वटा त्रैमासिक किस्ता तथा त्यसको ब्याजबापतको रकम नै पौने ४४ अर्ब रूपैयाँ पुगेको छ ।  करीब तीन वर्ष (३३ महिना) देखि साँवा र ब्याजसहितको किस्ता तिर्न नसकेपछि जहाजमा लगानी गरेको ऋण कसरी असुल गर्ने भन्ने तनाव बढेपछि ऋणदाता सरकारको ढोका ढकढक्याउन पुगेका छन् ।  सरकार जमानी बसेर ऋण दिएकोले सरकारले नै ऋण तिरिदिनुपर्ने वा आ...

सम्पत्ति लिलाम गरेर नेवानीको ऋण उठाउन अर्थमन्त्रालयमा छलफल

काठमाडौं । नेपाल वायुसेवा निगमलाई दिएको ऋण नउठेपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले अर्थमन्त्रालय गुहारेका छन् । सोमबार अर्थमन्त्रालयलका राजस्व सचिव, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष बीच छलफल भएको छ । सो छलफलमा राजस्वसचिव कृष्णिहरि पुष्करले हालको अवस्थामा सरकारले पैसा तिर्न नसक्ने जानकारी दिए । नागरिक लगानी कोष र कर्मचारी सञ्चय […]