पोडवे सार्वजनिक यातायात बन्ला ?

काठमाडौं उपत्यकाको सार्वजनिक यातायात निकै अव्यवस्थित छ र भरपर्दो पनि छैन । त्यसैले यसको विकल्पमा मेट्रोदेखि पोडवेसम्मका विकल्पका बारेमा बहस भइरहेको छ । खासगरी मेट्रो धेरैको प्राथमिकतामा परेको छ तर यसको लागत, भाडा र यात्रुको संख्या आदिबारे विश्लेषण गर्दा मेट्रो तत्कालका लागि विकल्प बन्न सक्ने देखिँदैन । तर, पोडवे भने बढी उपयुक्त देखिएको छ । मेट्रोजस्तो पोडवे प्रमाणित र विश्वव्यापी रूपमा सञ्चालनमा आएको देखिँदैन । तैपनि लागत, निर्माण अवधि र भाडा इत्यादिका आधारमा भने काठमाडौंका लागि पोडवे बढी उपयुक्त देखिएको छ । नेपालको सार्वजनिक यातायातको कुनै मोडल छैन । सरकारले सार्वजनिक यातायातका लागि कुुनै लगानी पनि गरेको छैन । त्यस्तै सडक पूर्वाधार पनि व्यवस्थित नभई ज्यादै भद्रगोल पाराको छ । त्यसो हुँदा काठमाडौं उपत्यकामा नजिकको दुरीमा पुग्न पनि घण्टौं लाग्ने गरेको छ । यसले गर्दा धेरै समय बाटामै बित्ने गरेको छ । त्यो समय अन्य काममा लगाउन सक्ने हो भने उत्पादकत्व निकै बढ्न सक्छ । साथै यसका लागि लागेको खर्च र तनावको हिसाबकिताब अलगै छ । त्यसैले सार्वजनिक यातायातलाई छिटो र व्यवस्थित बनाउन ढिला भइसकेको छ । तर, सरकारले यसका लागि कुनै ठोस योजना बनाएर काम अघि बढाएको छैन । स्थानीय सरकारले झन् यसो गर्न सक्ने कुरै आएन ।  सार्वजनिक यातायातका लागि अहिले पोडवे सञ्चालन गर्न निजी कम्पनीले निकै लबिङ गरिरहेको छ । उसको दाबी मान्ने हो भने काठमाडौंका लागि एकमात्र उपयुक्त विकल्प पोडवे हो । यसलाई पर्सनल र्‍यापिड ट्रान्स्पोर्ट सिस्टम मानिन्छ । यसो भन्नुको कारण के हो भने यसमा ३ देखि ६ जनाले मात्रै यात्रा गर्न सक्छन् । यो एक प्रकारले केबलकार जस्तै हो तर केबलकारको भन्दा यसको लागत कम हुने दाबी गरिएको छ । जमिनको खासै प्रयोग नहुने, ओर्लने र उक्लने ठाउँको मात्र व्यवस्था गरे हुने भएकाले अहिलेको संरचना नबिगारी पोडवे बनाउन सक्ने देखिन्छ । यसको निर्माण पनि छोटो अवधिमै गर्न सकिन्छ । नेपालमा पोडवेका लागि लबिङ गरिरहेको कम्पनीका अनुसार प्रतिकिलोमिटर रु १० मा यात्रा गर्न सकिन्छ । यदि यसो हो भने यो सस्तो प्रविधि हो । ४० अर्ब रूपैयाँमा १ सय किलोमीटर पोडवे बन्छ भनिएको छ । तर, यो कत्तिको प्रमाणित छ र काठमाडौंका लागि कत्तिको उपयुक्त छ भन्न चाहिँ सकिँदैन ।  सरकारले वैकल्पिक यातायातका रूपमा पोडवेलाई परिभाषित गरी मान्यता दिए पनि यसका लागि कार्यविधि बनाएको छैन । त्यस्तै पोडवेका लागि आवश्यक कानून पनि बनेको छैन । यो नयाँ प्रविधि भएकाले त्यसका लागि आवश्यक कानूनी प्रावधान तयार नभएसम्म यसको निर्माण सम्भव हुँदैन । तर, प्रदेश र केही स्थानीय तहले पोडवे निर्माणमा चासो देखाएको पाइएको छ । कुनै नयाँ प्रविधि निकै उपयोगी साबित हुन्छ, कुनै समयको अन्तरालमा आफै अनुपयोगी भई समाप्त पनि हुन्छ । त्यसैले पोडवेका लागि कार्यविधि र अन्य आवश्यक कानूनी आधार बनाई निर्माणका लागि सरकारले आधार तय गरिदिनुपर्छ । यो प्रविधि कत्तिको उपयुक्त छ भन्नेमा नेपालले पर्याप्त अध्ययन गरेको छैन । यो पूर्ण रूपमा सार्वजनिक यातायात बन्न सक्छ कि सक्दैन भन्नेमा पनि अध्ययन जरुरी देखिन्छ । पोडवेको अवधारणा नयाँ होइन तर लामो समयमा पनि यो किन व्यापक बन्न सकेन भन्नेमा पनि सरकारको ध्यान जानु आवश्यक छ । पोडवेका केही फाइदा स्पष्ट देखिन्छ । पहिलो त यो विद्युतीय शक्तिबाट चल्ने भएकाले नेपालको विद्युत् खपत बढ्छ । अर्को वायु प्रदूषण कम गर्न पनि यो सहयोगी हुन्छ । यसलाई भविष्यको यातायात भन्ने गरेको पनि पाइन्छ । त्यसो हुँदा नेपालले विज्ञहरुबाट यसबारेमा अध्ययन गराउनु जरुरी छ । अहिले विनाअध्ययन निर्माणका लागि अनुमति दिने र पछि अनुमति रद्द गर्ने वा सञ्चालन गर्न नदिने गर्नु हुँदैन । यसले लगानीकर्ताको ठूलो क्षति हुनेमात्र होइन, सरकारप्रतिको विश्वास पनि उठ्छ । यदि काठमाडौंजस्तो शहरका लागि उपयोगी हुन्छ भने निजी क्षेत्रले यसमा चासो दिएकाले नीतिगत सम्बोधन गरी त्यसमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । 

सम्बन्धित सामग्री

कागजमा मात्र गुडिरहेको सार्वजनिक यातायात प्राधिकरण

सहरी क्षेत्रमा क्षेत्रमा सार्वजनिक यातायात सेवालाई विश्वसनीय, सुरक्षित र प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सार्वजनिक यातायात प्राधिकरण दुई वर्ष देखि अलपत्र छ।...

उपत्यकाको सार्वजनिक यातायात प्राधिकरणले थाल्यो काम

२८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि बनेको ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ले काम थालेको छ । ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन— २०७९’ ले उपत्यकाको सार्वजनिक यातायात सुधारमा काम गर्ने गरी परिषद् र प्राधिकरणको प्रावधान गरेको थियो । परिषद्को पहिलो बैठक बिहीबार बसेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख […]

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका […]

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला […] The post भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सि

दाङमा बुधबारदेखि सार्वजनिक यातायात चल्ने

मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।

आजदेखि खुल्यो सार्वजनिक यातायात

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि लागू उपत्यकाव्यापी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात दुई महिनापछि खुलेका हुन्। तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको हिजो सम्पन्न बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्ने नीतिअनुसार जोरबिजोर प्रणालीमा यातायात खुलेका हुन्।

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन हुनेछन् । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्

अझै तंग्रिएन सार्वजनिक यातायात

कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा पर्यटनपछि दोस्रो स्थानमा आउँछ, सार्वजनिक यातायात। सरकारले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि २०७६ चैत ११ बाट लकडाउन घोषणा गरेसँगै सार्वजनिक यातायातको दुरवस्थाका दिन सुरु भएका थिए। कोभिड महामारीले वर्ष दिन नाघिसकेको छ। यसबीचमा प्रभावित धेरै उद्योग व्यवसाय बामे सर्न थालेका छन्। पर्यटन, साना तथा मझौला उद्योगसँगै यातायात क्षेत्र पनि अझै उठ्न सकेको छैन।   सार्वजनिक यातायात क्षेत्रमा मात्र निजी क्षेत्रबाट करिब १० खर्ब रूपैयाँ लगानी भएको छ भने ११ लाखभन्दा बढी मजदुर आश्...