काठमाडौं, १२ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रवक्ता कृष्ण ज्ञवालीले घुस लिनेको अनुपातमा दिनेलाई कारबाही नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भने, “नेपालमा भ्रष्टाचार बढेको भन्नुको अर्थ दण्डहीनता मौलाएको, भ्रष्टाचार नियन्त्रण र निराकरणका लागि खडा भएका संस्था कमजोर भए, सदाचार घट्यो […]