काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्। नेपाल एयरलाइन्सको विमानमार्फत् उनी आज बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। पार्टीको जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रबार साँझ जापान उडेका थिए। उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गरे। भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा […]