शुक्रबार बिहानै बालुवाटारमा युवाहरूको समूहले बलात्कारको उजुरी दिने हदम्याद नराख्न माग राख्दै धर्ना दिए । बलात्कार पीडित युवतीलाई न्याय दिन र यौनजन्य हिंसाको मुद्दा फास्ट ट्रयाकबाट फर्स्यौट गर्न पनि उनीहरुले माग गरे ।शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारको बाहिर प्लेकार्डसहित धर्ना दिनुको कारण थियो, बुधबार सार्वजनिक भएको एक बलात्कारपीडित युवतीको भिडियो बयान । आफू मोडल बन्ने सपना बोकेर ब्युटी पेजेन्टमा भाग लिएकी एक युवतीले आफू ८ वर्ष अगाडि कसरी बलात्कृत भएँ र आफूमाथि कसरी शोषण भयो भनेर टिक