क्यान्डिडेट मास्टर थापाको विजयी सुरूवात

१४ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशिपमा विजयी सुरूवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको छ […]