पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१४ जनामा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १० जना कोभिड १९ बाट संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १२० जना संक्रिय संक्रमित रहेका छन् ।